Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • निजामती कर्मचारीसँग वार्ता गर्न उपप्रधानमन्त्री खड्काको नेतृत्वमा वार्ता समिति गठन

    निजामती कर्मचारीसँग वार्ता गर्न उपप्रधानमन्त्री खड्काको नेतृत्वमा वार्ता समिति गठन

    अनलाइन नेपाल
  • बिहिबार, २१ बैशाख २०८०
  • 705
    SHARES

    काठमाडौं । निजामती कर्मचारीका माग सम्बोधन गर्न सरकारले वार्ता समिति गठन गरेको छ।

    बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा वार्ता समिति गठन गरेको हो।



    वार्ता समितिले निजामति कर्मचारीलगायत सरोकारवाला पक्षहरूसँग तत्काल वार्ता आह्वान गर्ने तयारी गरेको छ।



    सरकारले वार्ता समिति गठन गरेपछि निजामती कर्मचारीका ट्रेड युनियनहरुले संयुक्त विज्ञप्ति निकालेर आन्दोलन स्थगित भएको घोषणा गरेका छन्।

    निजामती कर्मचारी संगठनले भने आज सिंहदरबारअगाडि ऐनमा निजामती कर्मचारीका माग सम्बोधन हुनुपर्ने माग धर्ना दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार