Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • लुम्बिनी प्रदेशमा निजामति कर्मचारी सेवा ऐन ल्याउने तयारी

    लुम्बिनी प्रदेशमा निजामति कर्मचारी सेवा ऐन ल्याउने तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असार २०८०
  • 966
    SHARES

    दाङ । लुम्बिनी प्रदेशले निजामति कर्मचारी सेवा ऐन ल्याउने तयारी गरेको छ ।

    प्रदेश सरकारले कर्मचारीहरुको हितलाई ख्याल गर्दै उनीहरुको वृद्धि विकासका लागि प्रदेश निजामति कर्मचारी सेवा ऐन ल्याउन लागेको हो ।



    शुक्रबार बसेको लुम्बिनी प्रदेश मन्त्री परिषद्को बैठकले प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेक प्रदेश सभा समक्ष पेश गर्ने निणर्य गरेको हो ।



    मुख्यमन्त्री डिल्ली बहादुर चौधरीका अनुसार प्रदेशमा रहेका कर्मचारीहरुको वृद्धि विकास र सहज व्यबस्थापनका लागि सरकारले ल्याउन लागेको ऐन छिट्टै कार्यान्वयनको चरणमा जाने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार