Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हिमपहिरोमा ज्यान गुमाएका तीन जनाको शव दार्चुला ल्याइँदै

दार्चुला । दार्चुला हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतको बाटो प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ।

नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो।

मङ्गलबार हिमपहिरोमा परी ज्यान गुमाएका दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर तथा डोटीको जोरायल गाउँपालिकाकी क्षिमी सोमो थापाको शव सदरमुकाम पठाउन लागिएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुले जनाएको छ ।

हिमपहिरोमा परी अझै दुई जना बेपत्ता छन्। बेपत्ता हुनेमा डोटीको जोरायलकी ४५ वर्षीया नक्नी डोल्मा थापा र सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार सशस्त्र प्रहरी बल र नेपाल प्रहरिको टोलीले मङ्गलबारदेखि निरन्तर बेपत्ताको खोजी कार्यमा खटिएकोछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077