Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वास्थ्य मन्त्रालयले भन्यो- डेंगुको लक्षण देखिए तुरुन्त अस्पताल जानू

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुका लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्था जान आग्रह गरेको छ ।

पछिल्लो समय डेंगुका बिरामी बढ्दै गएकाले मन्त्रालयले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

चिकित्सकका अनुसार टाउको दुख्नु, थकाई लाग्नु, वाकवाकी लाग्नु, मांसपेशी तथा जोर्नी दुख्नु, बान्ता हुनु एकासी ज्वरो आउनु डेंगुका लक्षण हुन् ।

यसैगरी, मन्त्रालयले लामखुट्टेको टोकाइबाट बच्न सधैँ झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, कुनै पनि खुल्ला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077