Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गण्डकीका मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदमा विश्वासको मत मागेका छन् ।

प्रदेश सभाको बिहीबारको बैठकमा मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६८(४) अनुसार विश्वासको मत मागेका हुन् ।

बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै उनले आफ्नो नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता जनाए ।

उनले सरकारप्रति सकारात्मक भावना विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्ने पनि प्रस्ट पारे ।

६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७, माओवादीका ७ र एकीकृत समाजवादीका एक गरेर ३५ जना पाण्डेको पक्षमा छन् ।

पाण्डे गत वैशाख १४ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा  मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077