Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टोपबहादुरविरूद्ध पक्राउ पुर्जी जारी भएपछि एमाले उपमहासचिव रिमालले भने - निर्दोष नफसून्, दोषी नउम्किऊन्

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेपालीलाई भुटानी नागरिक बनाएर अमेरिका पठाउने कार्यमा संलग्न उम्कने अवस्था आउन नहुने बताएका छन् ।

सामाजिक सञ्जालमा फेसबुकमा स्ट्याटस लेख्दै उपमहासचिव रिमालले यस्तो बताएका हुन् ।

उपमहासचिव रिमालले लेखेका छन्, ‘भुटानी शरणार्थी प्रकरणमा होस् वा अन्य कुनै, कानुनभन्दा माथि कोही हुँदैनन्। उन्मुक्ति कसैलाई पनि हुनुहुन्न। निर्दोष नफसून्, कोही दोषी नउम्किऊन् । छानबिन हुनुपर्छ, छानबिनमा सबैले सहयोग गर्नुपर्छ। यस्ता घटनालाई राजनीतिकरण गर्नुहुन्न। कानुनको पालना सबैले गर्नुपर्छ।’

उपमहासचिव रिमालले नक्कली शरणार्थी प्रकरणमा निर्दोष फस्ने र दोषी उम्कने अवस्था आउन नहुने बताए ।

पार्टी सचिव टोपबहादुर रायमाझीविरूद्ध नै पक्राउ पुर्जी जारी भएपछि उपमहासचिव रिमालले छानबिनमा सहयोग गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077