Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

टोपबहादुर रायमाझीबारे ओलीले भने - सांसदलाई हिँड्दाहिँड्दै समाउनु रहस्यमय छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीले र प्रधानमन्त्री प्रचण्डबीच नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा छलफल भएको हो ।

भेटमा एमाले अध्यक्ष ओलीले नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउनेलाई कारबाही हुनुपर्ने बताए ।

भेटमा ओलीले रायमाझी बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको व्यक्ति नभएको र षड्यन्त्रपूर्वक पक्राउ गर्ने कोशिस भएको भन्दै ध्यानाकर्षण गराएका थिए ।

अध्यक्ष ओलीले भने, ‘एउटा सांसद, पटक पटक मन्त्री भइसकेको, उपप्रधानमन्त्री भइसकेको व्यक्ति, षड्यन्त्रपूर्वक ढंगले बाटोमा हिँड्दाहिँड्दै समानुपर्ने खालको ‘ रहस्यपूर्ण छ । अहिलेको सिटिङ एमपी कहिँ भागेर जाने होइन ।’

ओलीले पक्राउ पुर्जी जारी भएपछि आफूले रायमाझीसँग कुरा गरेर जानकारी लिएको बताए । उनले बहालवाला सांसदलाई बाटोमै पक्राउ गर्नु रहस्यमय भएको टिप्पणी गरे ।

निर्दोष पर्न नहुने र दोषीलाई उम्काउन नहुने ओलीको भनाई थियो । ओलीले नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने प्रकरणमा पार्टीले अध्ययन गरिरहेको समेत बताए ।

अध्यक्ष ओलीले सांसदलाई हिँड्दाहिँड्दै समाउनु रहस्यमय भएको बताए पनि प्रहरीले भने टोपबहादुर रायमाझीलाई अहिले सम्म पक्राउ नगरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077