Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पुराना दलहरू सक्किनु हुँदैन, सच्चिनुपर्छ : माधव नेपाल

धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुराना दल सक्किन नहुने बरू सच्चिनुपर्ने बताएका छन् ।

बिहीबार कैलाली आएका अध्यक्ष नेपालले पुराना दलहरू सक्किने भन्दा पनि सच्चिनुपर्ने बताएका हुन् ।

अध्यक्ष नेपालले उपनिर्वाचनपछि पुराना दलहरू सक्किने कि सच्चिने भन्ने प्रश्न उठेको स्वीकार गरे। अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै नयाँ दलहरूले पनि धेरै घमन्ड गर्न नहुने बताए।

अध्यक्ष नेपालले भने, ‘पुराना दलहरू सक्किनु हुँदैन, सच्चिनुपर्छ । नयाँ दलहरू पनि घमन्डले धेरै फुरूङ्ग हुने होइन।’

अध्यक्ष नेपालले नयाँ दलहरूले आफ्नो समस्टीगत दृष्टिकोण विकास गर्नुपर्ने बताए। अध्यक्ष नेपालले मुलुकको अर्थतन्त्रको हालत दयनीय भएको बताउँदै यसलाई माथि उकास्न नयाँ ढंगले सोच्नुपर्ने बेला आएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077