Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • सुदूरपश्चिम प्रहरी प्रमुख बोहराको घोषणा – गुण्डागर्दी र सीमा तस्करी रोक्छु

    सुदूरपश्चिम प्रहरी प्रमुख बोहराको घोषणा – गुण्डागर्दी र सीमा तस्करी रोक्छु

    अनलाइन नेपाल
  • बिहिबार, २१ बैशाख २०८०
  • 786
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डिआइजी) भरत बोहराले गुण्डागर्दी र तस्करी नियन्त्रण तथा फरार अभियुक्त पक्राउलाई तीव्रता दिइने बताएका छन् ।

    कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको सम्मान र स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सुदूरपश्चिम प्रदेशमा शान्ति सुरक्षाका लागि चार प्रतिबद्धतासमेत व्यक्त गरे ।



    कैलाली र कञ्चनपुरको निरीक्षणपछि उनले सबै भन्दा ठुलो समस्या लागुऔषध रहेको बताए । लागु औषध, गुण्डागर्दी र तस्करी नियन्त्रण तथा फरार अभियुक्त पक्राउ लाई तीव्रता दिइने उनले बताए ।



    सुदूरपश्चिमका नागरिकहरूलाई अझै राम्रो सुरक्षाको व्यवस्था गर्ने डिआइजी बोहराले प्रतिवद्धता व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार