Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सुदूरपश्चिममा ‘आरआईटी’ले अपराध अनुसन्धानमा काम गर्न नसकेपछि ‘पीटीआई’ गठन

    सुदूरपश्चिममा ‘आरआईटी’ले अपराध अनुसन्धानमा काम गर्न नसकेपछि ‘पीटीआई’ गठन

    अनलाइन नेपाल
  • शुक्रबार, २५ फाल्गुन २०८०
  • 927
    SHARES

    कैलाली । नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) असफल देखिएपछि छुट्टै टोली गठन गरिएको छ । आरआईटीले अपराध अनुसन्धानमा सन्तोषजनक काम नसकेको भन्दै ‘प्रोभेन्स इन्टेलिजेन्स टीम’ (पीआईटी) गठन गरिएको हो ।

    वि.स. २०८० असारमा आरआईटी तत्कालिन प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरत बोहराले खारेज गरे ।



    कञ्चनपुरको बेलौरीमा होटल सञ्चालकमाथि आरआइटीमा कार्यरत प्रहरीले आक्रमण गरेको आरोप लागेपछि दरबन्दी फिर्ता गरेका थिए । सँगै आरआईटी खारेज पनि गरे । उनले प्रदेश अनुसन्धान समूहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक केशवराज जोशीसहितका ७ जना प्रहरीलाई सम्बन्धित ठाउँमा रमाना गरेर पठाएका थिए ।



    सुदूरपश्चिममा साविक सुदूरपश्चिम विकास क्षेत्र हुँदा गठन गरिएको आरआईटीले अपराध, अनुसन्धान तथा लागुऔषध दुर्व्यसनीको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको थियो । अहिले फेरी सुदूरपश्चिममा अपराध अनुसन्धानका लागि भन्दै एउटा छुट्टै टोली गठन गरिएको हो ।

    प्रहरी नायब महानिरीक्षक (डीआईजी) रविन्द्र केसीले अपराध अनुसन्धानका लागि ‘प्रोभेन्स इन्टेलिजेन्स टीम’ (पीआईटी) नाम दिएर छुट्टै टोली गठन गरेका छन् । सो समूहको नेतृत्व प्रहरी नायब निरीक्षकले गर्ने छ ।

    सो टोलीले प्रदेशभित्र अपराध अनुसन्धान, सहायता र अनुगमन, लागुऔषध, चोरी तस्करी नियन्त्रण र कानुन कार्यान्वयनमा काम गर्ने उल्लेख छ। प्रदेशमा उपलब्ध भएसम्म अपराध अनुसन्धानमा विज्ञ, आईटी विज्ञ र सहयोगी प्रहरीलाई समावेश गरिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार