Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सुदूरपश्चिमका डीआईजी केसीको निर्देशन – अवैध क्रियाकलाप र तस्करी नियन्त्रण गर्नू

    सुदूरपश्चिमका डीआईजी केसीको निर्देशन – अवैध क्रियाकलाप र तस्करी नियन्त्रण गर्नू

    अनलाइन नेपाल
  • सोमबार, १५ माघ २०८०
  • 588
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) रबिन्द्र केसीले प्रदेश अन्तर्गत तराई जिल्लामा रहेका प्रहरी कार्यालयका प्रमुखहरुलाई आवश्यक निर्देशन दिएका छन् ।

    सोमबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा एक कार्यक्रमकाबीच डीआईजी केसीले बर्तमान शान्ति सुरक्षाको अवस्थाको बारेमा जानकारी लिँदै आवश्यक निर्देशन पनि दिएका हुन् ।



    उनले आगामी दिनमा आइपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयहरुमा आवश्यक निर्देशन दिए । उक्त अवसरमा शान्ति सुरक्षा तथा अपराध अनुसन्धानलाई थप सुदृढ एवम् प्रभावकारी बनाउनको लागि सम्पूर्ण प्रहरी कर्मचारीहरुले निस्स्वार्थ सेवा प्रवाह, निष्ठावान, ईमानदार एवम् सिर्जनशील भई अबैध क्रियाकलाप रोकथाम, तस्करी नियन्त्रण गर्न निर्देशन दिए ।



    यस्तै यात्रुमैत्री व्यवहार, स्मार्ट पुलिसिंग, आर्थिक अनियमिततामा शून्य सहनशीलतालाई आत्मसाथ गरी सिमान्तकृत एवम् पीडित वर्गहरूको सारथी भई उनीहरूको समस्या एवम् गुनासोलाई प्रभावकारी रुपमा सम्बोधन गर्नुका साथै नागरीकलाई सुरक्षाको प्रत्याभूति हुने गरी सेवा प्रदान गर्न निर्देशन दिए ।

    सो कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलाली,नेपाल प्रहरी बिशेष सुरक्षा गण महेन्द्रनगर, सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली, कञ्चनपुर, सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल धनगढी, बिपद व्यवस्थापन गुल्म महेन्द्रनगर र सुदूरपश्चिम प्रदेश प्रहरी बिद्यालय धनगढीमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत समेतको उपस्थिती रहेको थियो ।

    यसअघि उाले पहाडी ७ जिल्लाका प्रहरी प्रमुखलाई पनि आवश्यक निर्देशन दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार