Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • डीआईजी केसीले गरे सुदूर पहाडका ७ जिल्लाका प्रहरी प्रमुखसँग छलफल, दिए यस्तो निर्देशन

    डीआईजी केसीले गरे सुदूर पहाडका ७ जिल्लाका प्रहरी प्रमुखसँग छलफल, दिए यस्तो निर्देशन

    अनलाइन नेपाल
  • शनिबार, १३ माघ २०८०
  • 1.1K
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) रवीन्द्र केसीले मातहतका प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

    डीआईजी केसीले शुक्रबार प्रदेशअन्तर्गत रहेका ७ वटा पहाडी जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई भर्चुअल मिटिङमार्फत आवश्यक निर्देशन दिएका हुन् ।



    उनले सुदूर पहाडका सात जिल्लाका प्रमुखहरुसँग भर्चुअल माध्यमबाट छलफल गर्दै निर्देशन दिएको बताइएको छ । सो क्रममा डीआइजी केसीले जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्थाको सम्बन्धमा जानकारी लिएका थिए ।



    यस्तै आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयहरुमा कार्यरत प्रहरी जनशक्तिलाई आवश्यक निर्देशन दिइएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार