Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सांसद टोपबहादुर रायमाझी अझै फरार, फोन पनि 'स्वीच अफ'

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी अझै फरार अवस्थामा रहेका छन् । अर्घाखाँचीबाट काठमाडौं जान्छु भनी हिँडेका उनी बुटवलबाट सम्पर्कविहीन भएका हुन् ।

नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएपछि एमाले सचिव समेत रहेका रायमाझी र उनका छोराविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो । बुधबार भैरहवा विमानस्थलबाट सभामुख देवराज घिमिरेसँगै टोपबहादुर काठमाडौं आउन लागेका थिए ।

पक्राउ पुर्जी जारी भइसकेका उनलाई प्रहरीले काठमाडौंमा उत्रिनेबित्तिकै समात्ने तयारीमा रहेको थियो । उक्त सूचना पाएका उनी त्यसपछि सम्पर्कविहीन भएको बताइएको छ । उनको मोबाइल फोन पनि अफ रहेको छ ।

बुधबार उनले नक्कली शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको बताउँदै कानुनलाई सहयोग गर्ने बताएका थिए ।

यसअघि 'पूर्वमन्त्री टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ' शीर्षकमा प्रकाशित समाचार तथ्यगत त्रुटी भएकाले सच्चाइएको छ : सम्पादक

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077