Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नवनियुक्त स्वास्थ्यमन्त्री बस्नेतको प्रतिवद्धता - दुर्गम ठाउँहरूमा तत्काल चिकित्सक पुर्‍याउँछु

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले दुर्गमभन्दा दुर्गम ठाउँमा पनि तत्काल चिकित्सकहरू पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बिहीवार पदभार ग्रहण गरेपछि मन्त्रालयका आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

स्थानीय तह, प्रदेश र संघीय सरकारको समन्वयमा चिकित्सक पुर्‍याउने काम गर्ने मन्त्री बस्नेतको योजना छ । आफू कम सुतेर भए पनि मन्त्रालयको काममा खट्ने उनले बताए ।

मन्त्रालयका सम्पूर्ण टीमको बुद्धि, विवेक र प्रयासबाट मन्त्रालयको कामकारबाहीलाई माथि उठाउने मन्त्री बस्नेतले बताए । स्वास्थ्य सेवाको प्रक्रियालाई सरलीकृत गर्दै लैजाने मन्त्री बस्नेतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077