Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आज १३९ वर्षपछि लाग्दै उपछायाँ चन्द्रग्रहण, देखिने छैन नेपालबाट

काठमाडौं । यस वर्षको पहिलो चन्द्रग्रहण आज लाग्दै छ । यो चन्द्रग्रहण अरु बेलाको भन्दा विशेष छ ।

विशेष यसकारण कि अरु बेलामा जस्तो पृथ्वीले छोपेको कालो छाया चन्द्रमामा देखिने छैन र चन्द्रमाको आकार परिवर्तन भएको पनि देखिने छैन ।

यस बर्षको चन्द्रग्रहण यस अर्थमा पनि खास छ कि यो बुद्ध पूर्णिमाका दिनमा लाग्दैछ, जो १३९ वर्ष पछि लाग्न लागेको हो ।

यो चन्द्रग्रहण तुला राशी र स्वाती नक्षत्रमा लाग्दछ । बैशाख २२ गते राती ८ बजेर ४४ मिनेट देखी सुरु भएर मध्यरात अर्थात करिब १ बजेर २ मिनेटसम्म रहन्छ । यो चन्द्रग्रहणको कुल अबधी ४ घन्टा पन्ध्र मिनेटको हुनेछ ।

चन्द्र ग्रहणको सुतक काल ९ घन्टा अगाडीवाट सुरु हुन्छ तर यो चन्द्रग्रहण नेपालवाट भने देखिने छैन, जसकाकारण यहाँ सुतककाल मानिदैन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077