Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बर्दियामा १३ वर्षीया बालिका बलात्कृत, दुईजना पक्राउ

काठमाडौं । बर्दियामा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राजापुर नगरपालिका–६, जोगीपुर बस्ने २६ वर्षीय राजाराम थारु र सोही ठाउँ बस्ने २२ वर्षीय शनीराम थारु रहेका छन् ।

ती बालिकालाई बुधबार राति बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको टोलीले बिहीबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077