Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्राफिक नियम उलंघन गर्नेका 'मास्टर' इन्स्पेक्टर जोहारी, लिए ७०८ जनाको कक्षा

कैलाली । सवारी दुर्घटना न्यूनीकरण गर्न कैलाली ट्राफिक प्रहरीले प्रत्येक हप्ताको शुक्रबार सचेतनामूलक कक्षा सञ्चालन गरिरहेको छ ।

लेन अनुशासन पालना नगर्ने, तिब्र गति र मादक पदार्थ सेवन गरी सवारी साधन चलाई कारवाहीमा परेका सवारी चालकलाई कैलाली ट्राफिकले प्रश्क्षिण दिँदै आएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र जोहारीका अनुसार गत फागुन देखि आजसम्म ७ सय ८ जना सवारी चालकहरुलाई सचेतनामूलक कक्षा दिइएको छ ।

उनले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, तिब्र गतिमा सवारी साधन चलाउने र लेन अनुशासन पालना नगर्नेहरुलाई प्रशिक्षण दिँदै आएको बताए ।

ट्राफिक प्रहरीले बेलाबखतमा सवारी चालकहरुलाई बाटोमा पनि सम्झाउने काम गरिरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077