Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ड्युटीमा खटिएका सशस्त्रका सईमाथि खुकुरी प्रहार

कञ्चनपुर । कञ्चनपुरमा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार भएको छ ।

जिल्लाको दोधारा चाँदनी नगरपालिका–७ कञ्चनभोजस्थित बोर्डर आउट पोस्ट (बीओपी) का प्रमुख सई नरेन्द्र चैंसिरमाथि शुक्रबार राति खुकुरी प्रहार भएको हो ।

ड्युटीका क्रममा पोस्टनजिकै राति साढे १० बजे ४/५ जनाको अज्ञात समूहले सई चैंसिरलाई खुकुरीले हानेको बताइएको छ ।

खुकुरी प्रहारबाट सई चैंसिरको बायाँ पाखुरामा चोट लागेको छ । आक्रमणकारीको प्रहरीले खोजी गरिररहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077