Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अनुमतिबिना साउदी अरेबिया गएकोप्रति मेसीले मागे माफी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले पेरिस सेन्ट जर्मन (पीएसजी) को अनुमतिबिना साउदी अरेबिया गएकोप्रति माफी मागेका छन् ।

गत आइतबार लिगमा लोरियन्टसँग घरेलु मैदानमै पराजित भएपछि मेसी साउदी अरबको भ्रमणमा निस्किएका थिए ।

उक्त खेलमा मेसीले ९० मिनेट मैदानमा बिताएका थिए । अनुमतिबिना साउदी गएपछि पीएसजीले मेसीलाई दुई साताका लागि निलम्बन गरेको थियो ।

मेस्सीले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘मैले गरेको कामका लागि म माफी चाहन्छु र क्लबले के निर्णय गर्छ त्यो हेर्न म पर्खिरहेको छु । मैले इमान्दारीपूर्वक सोचेँ कि हामीले खेल पछिको दिन बिदा लिनेछौँ, जुन अघिल्लो हप्ताहरूमा भएको थियो। मैले साउदी अरबको योभन्दा अघिल्लो यात्रा रद्द गरेको थिएँ। यस पटक मैले रद्द गर्न सकिनँ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077