Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुरक्षाकर्मी नै लागुऔषध कारोबारमा संलग्न, सशस्त्रका हवल्दार पक्राउ

कैलाली । कैलालीमा लागुऔषधसहित सशस्त्र प्रहरी बलका हवल्दारसहित दुईजना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय टीकापुरले शनिबार भारतीय सीमानाका तिकुनियाँबाट टीकापुरतर्फ आउँदै गरेका सशस्त्रका हवल्दार प्रेमसिंह सुनार र मोतिपुरका २६ वर्षीय सागर घिमिरेलाई पक्राउ गरेको हो ।

लम्कीचुहा नगरपालिका वडा नं. २ मोतिपुरका ३३ वर्षीय सुनार सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ रिजर्भ गण हेडक्वार्टर बनबेहडा कैलालीमा कार्यरत रहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

प्रहरीका अनुसार सुनारले ९१० मिलिग्राम र घिमिरेले २ ग्राम १७० मिलिग्राम खैरो हिरोइन मलद्धारमा लुकाई छिपाई ल्याउँदै गर्दा पक्राउ परेका हुन् । सशस्त्र प्रहरी बलको आइडी नम्बर ४३७३० रहेका सुनार बैशाख १४ गतेदेखि लागु हुने गरी १५ दिनको विदामा बसेको खुलेको छ ।

उनीहरुलाई तिकुनियाँबाट लागुऔषध खैरो हिरोइन ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाको टोलीले पक्राउ गरेको हो । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077