Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • सुरक्षाकर्मी नै लागुऔषध कारोबारमा संलग्न, सशस्त्रका हवल्दार पक्राउ

    सुरक्षाकर्मी नै लागुऔषध कारोबारमा संलग्न, सशस्त्रका हवल्दार पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २३ बैशाख २०८०
  • 1.3K
    SHARES

    कैलाली । कैलालीमा लागुऔषधसहित सशस्त्र प्रहरी बलका हवल्दारसहित दुईजना पक्राउ परेका छन् ।

    इलाका प्रहरी कार्यालय टीकापुरले शनिबार भारतीय सीमानाका तिकुनियाँबाट टीकापुरतर्फ आउँदै गरेका सशस्त्रका हवल्दार प्रेमसिंह सुनार र मोतिपुरका २६ वर्षीय सागर घिमिरेलाई पक्राउ गरेको हो ।



    लम्कीचुहा नगरपालिका वडा नं. २ मोतिपुरका ३३ वर्षीय सुनार सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ रिजर्भ गण हेडक्वार्टर बनबेहडा कैलालीमा कार्यरत रहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।



    प्रहरीका अनुसार सुनारले ९१० मिलिग्राम र घिमिरेले २ ग्राम १७० मिलिग्राम खैरो हिरोइन मलद्धारमा लुकाई छिपाई ल्याउँदै गर्दा पक्राउ परेका हुन् । सशस्त्र प्रहरी बलको आइडी नम्बर ४३७३० रहेका सुनार बैशाख १४ गतेदेखि लागु हुने गरी १५ दिनको विदामा बसेको खुलेको छ ।

    उनीहरुलाई तिकुनियाँबाट लागुऔषध खैरो हिरोइन ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाको टोलीले पक्राउ गरेको हो । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार