Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • पानीजहाज बनाउन १२ सय नेपाली कोरिया जाँदै

    पानीजहाज बनाउन १२ सय नेपाली कोरिया जाँदै

    अनलाइन नेपाल
  • आइतबार, २४ बैशाख २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । कोरियाले पछिल्लो समय रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दोस्रो चरणमा कृषि तथा पशुपालनको क्षेत्रमा ७ हजार जना नेपाली श्रमिक छनोट गर्ने भएको छ ।

    यसैगरी पानी जहाज निर्माण कम्पनीमा समेत नेपालबाट पहिलो पटक १२ सय श्रमिक जान पाउने भएका छन् ।



    कोरियाको एचआरडी सेवाले दोस्रो चरणको भाषा परीक्षामा पास भएका ८ हजार ३८० मध्येबाट ७ हजार ७०० नेपाली युवालाई कोरिया लैजाने रोष्टर तयार गर्ने भएको हो ।



    वैदेशिक रोजगार विभाग ईपीएस शाखाले कृषि तथा पशुपालन क्षेत्रतर्फको दोस्रो चरणको कोरियन भाषा परीक्षा ईपीएस टपिक युबिटीको नतिजा सार्वजनिक गरी सीप परीक्षणको सूचनासमेत निकालेको छ ।

    सीप परीक्षण पास भएका युवाले रोजगार आवेदन, स्वास्थ्य परीक्षणलगायतका काम सकेपछि कोरिया पठाइने छ । कारोबार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार