Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

संघीय संसदका नवनियुक्त दुई सचिवको शपथ आज

काठमाडौं । सङ्घीय संसद् अन्तर्गतका दुई जना सचिवले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा आयोजना हुने एक समारोहका बीचमा उनीहरुले पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।

सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बिहान १०ः १५ बजे उक्त शपथ समारोह कृषि समितिको हल, सिंहदरबारमा हुनेछ ।

प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डे र राष्ट्रियसभाको सचिवमा डा. सुरेन्द्र अर्याल नियुक्त गत बैशाख २१ गते नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077