Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नक्कली शरणार्थी प्रकरणमा जोडिएका सबैमाथि अनुसन्धान हुनुपर्छ : महेश बस्नेत

    नक्कली शरणार्थी प्रकरणमा जोडिएका सबैमाथि अनुसन्धान हुनुपर्छ : महेश बस्नेत

    अनलाइन नेपाल
  • आइतबार, २४ बैशाख २०८०
  • 600
    SHARES

    पोखरा । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैमाथि अनुसन्धान हुनुपर्ने पनि बताएका छन् ।

    प्रेस चौतारी कास्कीले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।



    नेता बस्नेतले नक्कली शरणार्थी छानविनमा नेकपा एमालेले सहयोग गर्ने बताए।



    नेता बस्नेतले भने, ‘टोपबहादुर रायमाझीजीको संग्लनताको प्रश्न उठेको छ । त्यसलाई छानविन गर्ने कुरामा नेकपा एमाले जहिले पनि सहज बन्छ, असहज बन्दैन ।’

    उक्त प्रकरणलाई राजनीतिक रङ दिएर कसैलाई पनि उन्मुक्ति दिन नहुने नेता बस्नेतको भनाई छ ।

    त्यस्तै, एमाले नेता बस्नेतले कांग्रेसको बुद्धि पलाए राजनीतिक रूपमा सहकार्य हुने टिप्पणी गरेका छन्। राजनीतिक स्थायीत्व र अहिले देखिएको नैराश्यता चिर्न कांग्रेस–एमालेबीच सहकार्य आवश्यक रहेको तर्क गरेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार