Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कार्यव्यवस्था परामर्श समिति बैठक : सांसदहरूको ई-हाजिरी गर्ने निर्णय

काठमाडौं । संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले यो अधिवेशनबाटै इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गर्ने निर्णय गरेको हो ।

यसअघि सांसदहरूको हाजिरी रजिस्टरमा हुँदै आएको थियो । प्रतिनिधिसभा कार्यव्यवस्था समितिले अबदेखि सांसदहरूको हाजिरी संसद्‌को वेबसाइटमार्फत सोही दिन सार्वजनिक पनि गरिने जनाएको छ ।

सांसदहरूको विद्युतीय हाजिरीको व्यवस्था नहुँदा उपस्थितरअनुपस्थित सांसदबारे जानकारी नहुने र कोरम समेत नपुग्नेजस्ता समस्या हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077