Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमालेले झापामा बोलाएको बैठक बैशाख २८ गते काठमाडौंमै बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको झापामा हुने भनिएको केन्द्रीय कमिटी बैठकको स्थान सारिएको छ।

यसअघि २८ देखि ३० वैशाखसम्म झापामा तय भएको बैठक एमालेले अन्तिम समयमा सारेको हो ।

संसदको बजेट अधिवेशन सुरु भएकाले नेताहरु संसद बैठकमा ब्यस्त हुनुपर्ने भएकाले बैठक काठमाडौंमा बस्ने भएको छ।

४ मंसिरको आम चुनावपछि बस्न लागेको यो एमालेको पहिलो बैठकमा चुनावको समीक्षा र चुनावपछि सञ्चालित ग्रासरुट अभियानबारे छलफल हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077