Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कांग्रेसले थाल्यो पार्टी सुधार तथा रुपान्तरण अभियान, तोकिए संयोजक

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा पार्टी सुधार तथा रुपान्तरण अभियान सुरु गर्ने भएको छ ।

सातै प्रदेशका कांग्रेस नेताहरुको दुई दिने भेलाले यो अभियान चलाउने निर्णय गरेको हो । संस्थापनइतरको भेलाले सातै प्रदेशमा संयोजकसमेत तोकेको छ।

जसअनुसार कोसीमा गुरु घिमिरे, मधेसमा रञ्जित कर्ण, वाग्मतीमा मधु आचार्य, गण्डकीमा देवराज चालिसे, लुम्बिनीमा गोविन्द पोखरेल, कर्णालीमा भुपेन्द्रजंग शाही र सुदूरपश्चिममा भरत खड्का संयोजक तोकिएका छन् ।

अभियानको मितिबारे केही दिनमा टुंगो लाग्ने कांग्रेस नेता वंशलाल तामाङले जानकारी दिए । कांग्रेसका सबै प्रदेशका अगुवा कार्यकर्ताहरूसँग छलफल गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077