Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मैले राखेका विषयले पार्टीमा प्रवेश नै पाएनन्, अब त अति भयो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा राखेका आफ्ना विषयलाई प्रवेश नै नदिइएको गुनासो गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै असन्तुष्टि व्यक्त गर्दै महामन्त्री थापाले यस्तो गुनासो गरेका हुन् ।

उनले पार्टीभित्रको अवस्थालाई इंगित गर्दै आफ्नो असन्तुष्टि व्यक्त पोखेका हुन् । उनले आफूले पार्टीमा राखेका कतिपय कुराहरूको प्रक्रिया चित्त नबुझेको भन्दै आफ्ना विषयलाई प्रवेश नै नदिइएको भन्दै गुनासो गरे ।

‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्,’ उनले लेखेका छन्।

धेरै पटक प्रतिरोध गर्ने सोचेपनि जिम्मेवारी लिएर बसेकाले पनि सीमामा बसेको उनले बताए। तर अब अति भएको उनले बताए ।

उनले उल्लेख गरेका छन्, ‘धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077