Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल : राजस्थानलाई हराउँदै हैदराबाद विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबाद विजयी भएको छ ।

गएराति भएको खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई चार विकेटले पराजित गरेको हो ।

राजस्थानले दिएको २ सय १५ रनको लक्ष्य हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १४ रन बनाएको थियो ।

जितसँगै हैदराबाद १० खेलमा ८ अंक जोडेर नवौँ स्थानमा छ । राजस्थान ११ खेलमा १० अंक जोडेर चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077