Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सौन्दर्य बढाउन काठमाडौँ महानगर भित्रका तार व्यवस्थापन गरिँदै

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका अव्यवस्थित तार व्यवस्थापन आजदेखि गरिँदै छ ।

महानगरपालिका, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीच आइतबार भएको बैठकको निर्णयअनुसार काठमाडौं महानगरभित्रका तार व्यवस्थित गर्न लागिएको हो ।

महानगरको सौन्दर्य बढाउन तथा आगजनीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गर्न लागिएको बताइएको छ ।

जसअनुसार पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने सहमति दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।

यसअघि काठमाडौं महानगरपालिकाले १५ दिनको समय दिएर वैशाख २७ भित्र तार व्यवस्थापन नगरे काटिदिने चेतावनी दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077