Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : पहाडी भूभागमा मेघगर्जनसहित वर्षा, तराईमा हावाहुरी

काठमाडौं । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसअनुसार सोमबार बिहान लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। तर, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानहरूमा मेघ गर्जनसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको तराईका भूभागमा सामान्य हावाहुरीको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077