Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रातो मच्छिन्द्रनाथको रथ लगनखेलको इतिटोलमा

ललितपुर । आज रातो मच्छिन्द्रनाथको रथ महिलाले मात्रै तानेर लगनखेलको इतिटोलमा पुर्‍याइएको छ ।

रथयात्राको क्रममा हरेक वर्ष नरीवल खसाल्ने जात्राको भोलिपल्ट महिलाहरुले मात्रै रथ तान्नु पर्ने परम्परा अनुसार आज बिहान महिलाहरुले रथ तानेर इतिटोल पुयाएका हुन् ।

यसैबीच रातो मच्छिन्द्रनाथको कुलेदवी पूजा आउँदो २८ गते गरिने भएको छ ।

हिजो नरीवल खसाल्ने जात्राको दिन बाराही गुथियार, गुथि संस्थानका प्रतिनिधिसहितको टोलीले कूलदेवीको पूजाको साइत हेर्नु पर्ने परम्परा अनुसार आउँदो २८ गतेका लागि साइत निकालेको बताइएको छ । कुलदेवी पूजा ४ दिनसम्म गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077