काठमाडौं । नेकपा एमालेका सांसद अच्युत मैनालीले स्वतन्त्र सांसद अमरेशकुमार सिंहको स्वास्थ्य जाँचको माग गरेका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै सांसद सिंहले लुगा खोलेर हंगामा मच्चाएपछि सांसद मैनालीले स्वास्थ्य जाँचको माग गरेका हुन् ।
सांसद मैनालीले भने, ‘संसदमा जे गतिविधि देखिएको छ । म मनानीय सदस्यको स्वास्थ्य जाँचको माग गर्दैछु ।’
सभामुखले समय नदिएपछि त्यसको विरोधमा सिंहले सर्ट र गञ्जी खोलेर विरोध जनाएका थिए । आफुलाई बोल्न समय नदिएको भन्दै बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै सिंहले विरोध गरेका थिए ।
सिंह उठेर लुगा खोल्दै नाङगो भएपछि सभामुखले असभ्य व्यवहार नदेखाउन चेतावनी दिएका थिए ।