Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शरणार्थी प्रकरण छानबिन गर्न पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा आयोग बनाउन माग

काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न माग गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै केसीले यस्तो धारणा राखेका हुन् ।

शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पूर्वगृहमन्त्री समेत मुछिएको विषय सार्वजनिक भइसकेकोले निष्पक्ष छानबिनका लागि शक्तिशाली आयोग बनाउनुपर्ने माग गरेका हुन्।

केसीले विश्वका अन्य मुलुकमा पनि विभिन्न घटनामा राष्ट्रपति र प्रधानमन्त्रीहरू नै कारबाहीमा परेको तथ्य प्रस्तुत गरे ।

यस प्रकरणमा उच्च पदस्थ व्यक्तिहरू नै मुछिएको घटनाले राष्ट्रलाई लज्जित बनाएको बताउँदै यथाशीघ्र टुङ्गो लगाउनुपर्ने बताए।

उनले विगतको उदाहरण दिँदै यस्ता घटनामा सदन केही दिन ताते पनि पछि अर्को प्रकरण आउने र त्यसै सेलाउने गरेको भन्दै भूतपूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा आयोग गठन गरी तत्काल टुङ्गो लगाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077