पोखरा । पोखराको बेगनास तालमा परराष्ट्र मन्त्रालयका नायव सुब्बा मृत भेटिएका छन् ।
परराष्ट्रमा मन्त्रालयमा कार्यरत नायव सुब्बा ३१ वर्षीय अनुप भण्डारीको शव डुगाघाट भन्दा ४ सय मिटर टाढा पानीमा तैरिरहेको अवस्थामा फेला परेको हो ।
सोमबार पानीमा तैरिरहेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले घटनास्थल पुगी शव तालबाहिर निकालेर हेर्दा साथमा भेटिएको परिचय पत्रका आधारमा भण्डारीको पहिचन खुलेको हो।
भण्डारी आइतबार राति मध्यरात १ बजे काठमाडौंबाट जहाज चढेर पोखरा आएका थिए ।