Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

संसदमा अर्धनग्न बनेका अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

अकुत सम्पत्ति जम्मा गरेको दाबीसहित स्वतन्त्र सांसद सिंहविरुद्ध अख्तियारमा आज उजुरी परेको हो । सांसद सिंहविरुद्ध उनकै गृहजिल्लाबासी विकाशकुमार ठाकुरले सोमवार अख्तियारमा उजुरी दिएका छन् ।

सामान्य परिवारमा जन्मिएका सिंह राजनीतिकबाहेक अन्य पेशारव्यवसायमा संलग्न नभए पनि अकुत सम्पत्ति आर्जन गरेको निवेदकले दाबी गरेका छन् । उक्त उजुरीमा सामान्य परिवारमा जन्मिएका सिंह राजनीतिकबाहेक अन्य पेशारव्यवसायमा संलग्न नभए पनि अकुत सम्पत्ति आर्जन गरेको जनाईएको छ ।

ठाकुरले दर्ता गरेको उजुरीमा भनिएको छ,'२०६३ सालबाट एकैपटक नेपाली काँग्रेसको राजनीतिमा उदाउनुभएका सिंहले गरेको आर्थिक फड्को सर्लाही जिल्लाका आम जनता तथा मतदाताका लागि आश्चर्यको विषय बनेको छ। निर्वाचनका क्रममा देखाएको आर्थिक रवाफ तथा मतदाता खरिद गर्न प्रयोग भएको व्यवस्थापनले यति ठूलो आर्थिक हैसियत बनाउनु एक नेताका लागि महत्वपूर्ण विषय हो।'

उजुरी दिएका ठाकुरले २०६३ सालमा अन्तरिम संसद्को सदस्य हुनुपूर्व सिंह काठमाडौको कीर्तिपुरमा २ कोठा भाडामा लिई बसोबास शुरू गरेको निवेदनमा उल्लेख गरेका छन् ।

सिंहले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेर विभिन्न ठाउँमा घर घडेरी जोडेको भन्दै ठाकुरले उनको सम्पत्ति छानबिन गर्न माग गरेका छन्।  सिंह तिनै संसद हुन् जसले सोमबारको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै सांसद बैठकमा लुगा खोलेर हंगामा मच्चाएमा थिए ।

हेर्नुहोस् उजुरी :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077