Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वास्थ्यमन्त्री बस्नेतले गरे आफ्नै मन्त्रालयमा छड्के अनुगमन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा आकस्मिक अनुगमन गरेका छन् ।

मन्त्री बस्नेतले सोमबार आफू मातहत रहेको मन्त्रालय र विभिन्न विभागहरुमा पुगी छड्के निरीक्षण गरेका हुन् ।

उनले आफ्नै मन्त्रालयमा अधिकांश सचिवदेखि कर्मचारी समयमा नै कार्यालय नपुगेको पाइएपछि फोन गरेर नै जानकारी लिएका थिए ।

मन्त्रालयभित्रै आकस्मिक अनुगमन गरेपछि उनी टेकुस्थित विभिन्न विभाग पुगेर आकस्मिक अनुगमन गरेका थिए ।

विभिन्न विभागहरुमा पनि समयमा नै कर्मचारी नपुगेको जानकारी पाएपछि मन्त्री बस्नेतले यस बिषयमा मन्त्रालयमा जानकारी गराउन निर्देशन समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077