Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भूमि व्यवस्था मन्त्रालयलाई महानगरले भन्यो - टुकुचा क्षेत्रको लगत कट्टा गरिदिनू

काठमाडौं। काठमाडौं महानगरपालिकाले टुकुचा खोला व्युँताउन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्र लेखेको छ ।

उच्च अदालत पाटनले टुकुचा खोला भएको र त्यो माथि व्यक्तिगत सम्पत्ति रहेको आदेश दिएपछि महानगरले खोलामाथि पर्ने लगत कट्टाको माग गर्दै भूमि व्यवस्था मन्त्रालयलाई पत्र लेखेको हो ।

महानगरले हात्तीसार क्षेत्रमा टुकुचा खोला र खोलाको बहाव क्षेत्र भित्रको जग्गा त्रुटीवश व्यक्ति विशेषको नाममा दर्ता कायम रहन गएको हुँदा व्यक्तिको नाममा दर्ता रहेको उक्त क्षेत्रको लगत कट्टा गर्न आग्रह गरेको छ।

उच्च अदालतले भूमिगत टुकुचालाई जोगाउने कि नजोगाउने निर्णय स्थानीय र केन्द्र सरकारका विभिन्न निकाय मिलेर गर्नुपर्ने भन्दै फैसला गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077