Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

रास्वपालाई लक्षित गर्दै एमाले अध्यक्ष ओलीले भने - त्यो बोतल नयाँ होला, रक्सी पुरानै हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको सबैभन्दा नयाँ पार्टी एमाले भएको बताएका छन् ।

सोमबार पार्टी निकट राष्ट्रिय युवा संघ नेपालको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘बुढो विचार बोकेको पार्टी कसरी नयाँ हुन्छ? त्यो नयाँ होइन, त्योसँगसमाज परिवर्तनको कुनै एजेन्डा छैन । त्यो नयाँ बोतल होला तर रक्सी उही हो। कहाँ पुग्ने स्पष्ट भिजनबिना त्यो अगाडि बढ्न सकिँदैन।’

राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै ओलीले उसको कुनै विचार नभएको बताए। ओलीले नयाँ पार्टीहरुलाई संकेत गर्दै बोतल जुनसुकै कलरका भएपनि रक्सी उही रहेको पनि बताए ।

छोटो आयु भएको चिज हलक्क बढ्ने भन्दै उनले नयाँ पार्टी तितेपाती र एमाले पिपल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077