Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलाई ओलीको प्रश्न - सबैतिर फिल्म चलिसक्यो, तपाइँको हलमा कहिले चल्छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध षडयन्त्र भए त्यो सह्य नहुने बताएका छन् ।

राष्ट्रिय युवा संघको वैठकमा बोल्दै अध्यक्ष ओलीले भ्रष्टाचारलाई एमालेले टोलरेट नगर्ने र पार्टीविरुद्ध षडयन्त्र भए सह्य नहुने बताएका हुन् ।

अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छिटो फिल्म देखाउन आग्रह गरे।

अध्यक्ष ओलीले भने, 'म प्रचण्डजीलाई सोध्न चाहन्छु, तपाईँको सिनेमा हलमा कहिलेदेखि लाग्छ फिल्म ? अन्त त धुमधामले भइसक्यो त। सबैतिर सिनेमा चल्याछ तपाइँको हलमा कहिले चल्छ हामी हेर्न चाहन्छौं । सधैं ट्रेलरमात्रै किन प्रचण्डजी। सिनेमा चलाउनुस् न तपाइँको हलमा। हल किन रित्तै। किन ताला लागेको छ।'

सञ्चारमाध्यममा फिल्म सुरु भइसकेको भन्दै ओलीले ट्रेलरमात्रै किन भन्दै प्रचण्डलाई प्रश्न गरे। प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा यो ट्रेलर मात्र रहेको र फिल्म आउन बाँकी नै रहेको बताएका थिए। त्यसैको जवाफमा ओलीले आफूहरू फिल्म हेर्न आतुर रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077