Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लियोनल मेसीमाथिको निलम्बन फुकुवा, प्रशिक्षणमा फर्किए

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले आफ्ना स्टार खेलाडी लियोनल मेसीमाथिको निलम्बन फुकुवा गरेको छ ।

पीएसजीले क्लबसँग स्वीकृति नलिई साउदी अरबको भ्रमण गरेको भन्दै गत बुधबार यी अर्जेन्टिनी स्टारलाई दुई साताका लागि निलम्बन गरेको थियो ।

त्यसपछि मेसीले गत शुक्रबार एक भिडियो सन्देश जारी गर्दै आफ्नो गल्तीका लागि पीएसजीसँग माफी मागेका थिए ।

मेसीले माफी मागेपछि पीएसजीले उनको निलम्बन फुकुवा गरेको हो । मेसी क्लबको नियमित प्रशिक्षणमा पनि फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077