Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल : पञ्जाबलाई हराउँदै कोलकाता विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्ग्सलाई हराएको छ ।

घरेलु मैदान इडेन गार्डेनमा सोमबार राति भएको खेलमा कोलकाताले पञ्जाबलाई ५ विकेटले हराएको हो ।

जितका लागि १ सय ८० रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

टस जितेर पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।

जितसँगै कोलकाता ११ खेलमा १० अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा रहेको छ । समान खेलमा १० अङ्क नै रहेको पञ्जाब सातौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077