Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसिया कप क्रिकेट पाकिस्तानबाट श्रीलंकामा सर्न सक्ने सम्भावना

काठमाडौं । एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले पाकिस्तानबाट प्रतियोगिता सार्ने तयारी गरेसँगै आगामी एसिया कप श्रीलंकाले आयोजना गर्ने सम्भावना बढेको छ ।

पछिल्लो समय भारत र पाकिस्तानबीच बढ्दै गएको विवादका कारण पाकिस्तानमा एसिया कप नहुने सम्भावना बढेको हो ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसीआई) का सचिव समेत रहेका एसिसीका अध्यक्ष जय शाहले भारतीय टोलीले पाकिस्तान भ्रमण नगर्ने बताएदेखि नै पाकिस्तानमा एसिया कप हुनेमा शंका बढेको थियो ।

आगामी सेप्टेम्बरमा हुने प्रतियोगितामा भारत र पाकिस्तानसँगै श्रीलंका, बंगलादेश र अफगानिस्तनले भाग लिँदैछन् । नेपाल एसिसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा छनोट भएको थियो ।

एक समूहमा भारत र पाकिस्तानसँगै नेपालले प्रतिस्पर्धा गर्दा अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण भारतले प्रतियोगितामा आफ्नो टोली पाकिस्तान पठाउन अस्वीकार गरेको छ। बंगलादेश र अफगानिस्तानले श्रीलंकामा प्रतियोगिता आयोजना गर्ने कदमलाई समर्थन गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077