Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् ।

पाकिस्तानी समाचार संस्था डनका अनुसार खानलाई इस्लामावाद उच्च अदालत अगाडि गिरफ्तार गरिएको हो ।

प्रमुख प्रतिपक्षी दल तेहरिक-ए -इन्साफ (पीटीआई) का वकिल फैसल चौधरीले एक ट्विट गर्दै पूर्वप्रधानमन्त्री खानलाई गिरफ्तार गरिएको पुष्टि गरेका छन् ।

क्रिकेटरबाट राजनीतिज्ञ बनेका खानलाई कुन मुद्दामा पक्राउ गरिएको भन्नेबारे भने खुलाईएको छैन् ।

उनी सरकारमा हुँदा विदेशबाट प्राप्त सरकारी उपहार उनले बेचेर करोडौं रकम हिनामिना गरेको आरोप उनीमाथि लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077