Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुनका गहना र नगदसहित विराटनगरबाट दुईजना पक्राउ

विराटनगर । मोरङ प्रहरीले विराटनगरबाट सुनका गहनासहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–९ ठाकुरबारी रोडबाट ४५ वर्षीय इन्द्र विक र ४० वर्षीय गोविन्द विक रहेका छन् ।

उनीहरू बागमती प्रदेश ०१–०२८ च २८४६ नम्बरको कारमा सवार थिए । वडा प्रहरी कार्यालय विराटनगरबाट डीएसपी विजय श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट पोतेमा प्रयोग गरिने विभिन्न डिजाइनका २ सय ३९ थान सुनका गहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

जम्मा सुन ९ तोला ४३ लाल रहेको छ भने त्यसको बजार मूल्य ११ लाख बढी रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ९८ हजार ३ सय रूपैयाँ पनि प्रहरीले बरामद गरेको छ ।

कार, सुनका गहना र नगदसहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि मंगलबार राजस्व अनुसन्धान कार्यालय इटहरीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077