Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान पक्राउको विरोधमा चर्कियो प्रदर्शन, प्रहरी र प्रदर्शनकारी आमनेसामने

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेसँगै प्रदर्शन चर्किएको छ ।

खानको गिरफ्तारीको विरोधमा प्रदर्शन गरिरहेका पीटीआईका कार्यकर्ताहरूले रावलपिँडीस्थित सेनाको मुख्यालय बाहिर पुगेर तोडफोड गरेका हुन् ।

अदालत परिसरबाट खानलाई पक्राउ गरेपछि लाहोरको सडकमा पनि प्रदर्शनकारीहरु जम्मा भएर प्रदर्शन गरिरहेको बताइएको छ ।

त्यस्तै खानको घर अवस्थित जमान पार्कमा प्रहरी र प्रदर्शनकारी आमनेसामने हुँदा प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरिरहेको छ । इस्लामावाद प्रहरीले खानलाई अदालत परिसरबाटै आज पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077