Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्रेस काउन्सिलले भन्यो - पत्रकारलाई पक्राउ गरी कारबाही गर्न पत्राचार गरिएको छैन

काठमाडौं । कुनै पनि पत्रकारलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई पत्राचार नगरिएको प्रेस काउन्सिल नेपालले स्पष्ट पारेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै काउन्सिल सो कुरा स्पष्ट पारेको हो ।

पत्रकार, सञ्चारकर्मी तथा सञ्चार माध्यमका सञ्चालकलाई पक्राउ गरी कारबाही गर्ने सम्बन्धमा नेपाल प्रहरीलाई पत्राचार नभएको भन्दै काउन्सिलले सम्बन्धित सबैको ध्यानाकर्षण गराएको काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यस किसिमको भ्रममा नपर्न सम्पूर्ण सञ्चार माध्यम, आम पत्रकार र सम्वद्ध पक्षलाई काउन्सिलले विज्ञप्तिमार्फत् आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077