Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

यी हुन् नेपालसहित विश्वकप छनोट खेल्ने १० टिम

काठमाडौं । आयरल्यान्ड र बंगलादेशबीचको पहिलो एकदिवसीय खेल लगातार वर्षाका कारण रद्द भएसँगै २०२३ आइसिसी पुरुष क्रिकेट विश्वकपमा स्वतः छनोट हुने ८ टिमको टुंगो लागेको छ।

खेल रद्द भएसँगै आयरल्यान्ड विश्वकप छनोटमा धकेलिएको छ भने दक्षिण अफ्रिकाले विश्वकपमा छनोट भएको छ।

विश्वकपमा छनोट भएका टोलीहरू : भारत (आयोजक), न्यूजिल्याण्ड, इंग्ल्याण्ड, अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, दक्षिण अफ्रिका।

यता आगामी जुनमा हुने विश्वकप छनोट खेल्ने दशै टिमको समेत टुंगो लागेको छ। जिम्बावेमा हुने विश्वकप छनोटमा चार टेस्ट टिमले खेल्दैछन्। जहाँ नेपालले पनि प्रतिस्पर्धा गर्दैछ।

क्रिकेट विश्वकप छनोट खेल्ने १० टोली : वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका, युएई।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077