Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पृथ्वी सुब्बा गुरुङको प्रस्ताव- संघ र प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाऔं

काठमाडौं । नेकपा (एमाले) का सांसद पृथ्वीसुब्बा गुरुङले संघ र प्रदेशमा मन्त्रालयको संख्या घटाउनुपर्ने प्रस्ताव अघि सारेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका उपमहाचिव तथा प्रवक्ता समेत रहेका गुरुङले संघमा मन्त्रालयको संख्या घटाएर १२ देखि १५ वटा र प्रदेशमा ७ वटा मन्त्रालय कायम गर्न प्रस्ताव गरेका हुन् ।

उनले मन्त्रालय धेरै हुँदा फजुल खर्च भएको भन्दै खर्च कटौतीका लागि मन्त्रालय संख्या घटाएर पुँजीगत खर्च अभिवृद्धि गर्ने उपायका विषयमा सरकारले सोच्नुपर्ने बताए ।

त्यस्तै, संविधान संशोधन गरेर अनावश्यक बोझ बनेर रहेको ७७ जिल्लाको जिल्ला समन्वय समिति भंग गर्न सके १५ सय कर्मचारीको फजुल खर्च घट्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077