Online Nepal
  • शुक्रबार, २३ साउन २०८२
  • किसान श्रेष्ठको चेतावनी- मन्त्रीहरुको क्षेत्रमा मात्र बजेट राखे संसद्‍मै बजेट च्यात्‍नेछु

    किसान श्रेष्ठको चेतावनी- मन्त्रीहरुको क्षेत्रमा मात्र बजेट राखे संसद्‍मै बजेट च्यात्‍नेछु

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 897
    SHARES

    काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले आफ्नो निर्वाचन क्षेत्रमा बजेट नराखे प्रतिवाद गर्ने बताएका छन् ।

    श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रमा बजेट नराखे संसद्‍मा नै बजेट पुस्तिका च्यात्ने चेतावनी समेत दिए ।



    विनियोजित विधेयक २०८० का सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्दै सांसद श्रेष्ठले मन्त्रीहरुको क्षेत्रमा मात्र बजेट राख्न नपाइने भन्दै त्यसतर्फ ध्यानाकर्षण गराए ।

    उनले भने, ‘अर्थमन्त्री प्रकाशशरण महतमार्फत मन्त्रीहरुलाई खबरदारी गर्न चाहन्छु, आगामी बजेटमा मन्त्रीको क्षेत्रमा मात्र बजेट राख्ने, हामी सांसदहरुको क्षेत्रमा बजेट नराख्ने भयो भने सबैभन्दा पहिला त्यो बजेट मैले च्यात्ने छु ।’

    सांसद श्रेष्ठले आफ्नो क्षेत्रमा कृषिको राम्रो सम्भावना रहेको भन्दै यसको पूर्वाधार विकासमा बजेट आवश्यक रहेको भन्दै सबै क्षेत्रलाई समेटेर बजेट ल्याउन जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार